नियम ६च
दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र दिन सक्ने
(१) ऐनको दफा ११ ङ. को उपदफा (६क) बमोजिम विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय पठन पाठन हुन नसक्ने भएमा आयोगले नियम ९ बमोजिमको तालीम नलिएको भए तापनि न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरूमध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त आव्हान गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिहरूको आयोगले अन्तरवार्ता लिई अन्तरवार्तामा उत्तीर्ण हुने व्यक्तिलाई दुर्गम क्षेत्रका विद्यालयमा मात्र अध्यापन गर्न पाउने गरी अस्थायी अनुमतिपत्र दिन सक्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “दुर्गम क्षेत्र” भन्नाले मन्त्रालयको दुर्गम क्षेत्र भनी तोकेको कुनै जिल्ला, गाउँ विकास समिति वा विद्यालय रहेको क्षेत्रलाई जनाउनेछ ।